कमल थापाको दाबि- धार्मिक-सांस्कृतिक उपनिबेस बनाउन धर्म निरपेक्षता लादियो
काठमाडौं, पुस २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बिदेशीहरुको ग्र्यान्ड डिजाईन अनुसार नेपाललाई धार्मिक सांस्कृतिक उपनिबेश बनाउनको निमित्त धर्म निरपेक्षता लादिएको दाबी गरेका छन् ।
हेटौंडामा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले ०६२/६३ को आन्दोलनमा बिदेशिको प्रभाब, प्रायोजन र लगानी रहेको भन्दै त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर नै राप्रपा र आफु गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको स्पष्ट पारे ।
बिगत १४ बर्षको गलत अभ्यास र प्रयोगबाट बर्तमान ब्यबस्था, प्रणाली र संविधानमाथी गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै थापाले संसद विघटनको घटनाबाट मुकुक थप जटिलता तर्फ फसेको बताए । अब यसलाई अबसरको रुपमा सदुपयोग गर्न त्रुटिपूर्ण मार्गचित्र सच्याउने हिम्मत र साहस आबश्यक भएको थापाको भनाई थियो । क्रान्तिको नाममा बन्दुक बोक्न लगाउनेहरु आज कहाँ छन् ,बन्दुक बोक्नेहरु कहाँ छन् भनी प्रश्न गर्दै थापाले लोकतन्त्रको नाममा ब्रम्हलुट भइरहेको बताए ।
एक आपसमा सर्बसत्ताबादिको आरोप प्रत्यारोप गर्ने कम्युनिस्टहरुले हिजो राम्रो बीउ रोप्न नसकेको चर्चा गर्दै थापाले धतुरो रोपेर आँप नफल्ने बताए।एउटा राजा हटायर सैयौ राजा जन्माउने ब्यबस्था र प्रणाली अब चल्न नसक्ने थापाको दाबी थियो । लोभ ,लालच र प्रलोभन दिई योजनाबद्ध रुपमा गाउँका गाउँ धर्म परिबर्तन गराउने कार्यप्रती थापाको कडा आपत्ति थियो ।
कार्यक्रममा बोल्दै पार्टीका कार्य सम्पादन समिति सदस्य मधु अधिकारीले अदुरदर्शी, असक्षम र भ्रष्ट नेतृत्वबाट मुलुक अघि बढ्न नसक्ने भन्दै राप्रपालाई मुलुकको बैकल्पिक शक्तिको रुपमा स्थापित गर्नुपर्ने बिचार ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्