प्रतिनिधिसभा विघटन: रिटको सुनुवाई बृहत पूर्ण इजलासमा गर्न माग
काठमाडौं , पुस २२ । प्रतिनिधिसभा विघटनको रिटमाथि सर्वोच्च अदालतको संबैधानिक इजलासमा सुनुवाई जारी रहेको छ । इजालासमा बहसमा भाग लिदै निवेदक पक्षका वकिलहरूले यस रिटलाई बृहत पूर्ण इजलासमा लैजानुपर्ने माग राखेका छन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धि यस रिटलाई बृहत पूर्ण इजलासमा लैजाने माग गरेपछि इजलास र वकिलहरुबीच भनाभन समेत भएको छ ।
आज शुरुमा बहस गर्दै रिट निवेदन पक्षका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले गम्भीर संवैधानिक व्याख्याको संवेदनशील प्रश्न भएकाले यसलाई वृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग इजलासमा राखेका थिए ।
रिष्ठ अधिवक्ता श्रेष्ठले बृहत पूर्ण इजलासको माग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले बृहत् पूर्ण इजलासमा किन पठाउनु पर्यो भन्दै प्रतिप्रश्न गरेका थिए । राणाले पूर्ण इजलासमा पठाउँदा प्रक्रिया लम्बिने भन्दै संवैधानिक इजलासबाटै टुंगो लगाउनु उपयुक्त हुने बताएका छन् ।
इजलासमा राय बाझिएको हकमा वा प्रधानन्यायाधीशले चाहेको खण्डमा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुने व्यवस्था सर्वोच्च अदालतको नियमावलीमा रहेको श्रेष्ठले दाबि गरेका छन् ।
त्यस्तै रिट निवेदकहरुले बृहत पूर्ण इजलासको माग गर्दै आजै निवेदन पनि दर्ता गराएका छन् ।आजको संबैधानिक इजलासले यो रिट संबैधानिक इजलासमा नै सुनुवाई हुने या निवेदकको माग बमोजिम बृहत पूर्ण इजलासमा पठाउने भन्ने निर्णय गर्नसक्ने बताइएको छ ।
अहिले टि-ब्रेकु भएको छ भने यस पछि फेरी सुनुवाई जारी रहने भएको छ ।
प्रतिक्रिया दिनुहोस्