डब्लुएचओले गर्यो भारतको खुलेरै प्रशंसा, यस कारण गर्यो
काठमाडौं, पुस २२ । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण १ करोड ३७ लाख ५ हजार ४ सय बढी संक्रमित छन् भने १ लाख ५० हजार १ सय बढीको मृत्यु भइसकेको छ ।
यसैबीच विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०ले कोरोना भाइरस नियन्त्रणका लागि भारतले चालेको कदमको खुलेर प्रशंसा गरेको छ । डब्ल्युएचओका प्रमुख डा।घेब्रेयससले कोरोना विरुद्धको खोप निर्माणमा भारतले विश्वमै ठूलो देशको रूपमा काम गरिरहेको बताएका हुन् ।
भारतमा हालै बनेको कोरोनाभाइरस विरुद्धका खोप कोभिसिल्ड र कोभ्याकसिनलाई आपतकालिन प्रयोगमा ल्याउन अनुमति दिनु निकै सरहानीय कार्य भएको उनले बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटरमा भारतको तारिफ गरेको सन्देश प्रवाह गरेका हुन् । उनले कोरोना नियन्त्रणका लागि भारतले जस्तै अन्य राष्ट्रहरूले पनि कदम चाल्नु पर्ने सुझाव समेत दिएका छन्
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोराना भाइरस विरुद्धको खोप कोभ्याक्सिन तयार पारेकोमा भारतका वैज्ञानिक र चिकित्सकहरूलाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्