बालविवाह रोक्न पुरोहितहरूको प्रतिबद्धता

काठमाडौं, पुस २२ । बाजुरा लगाएत देशभर बालविवाह गर्नेहरूको संख्या बर्सेनि बढ्न थालेको छ । यसरी बालविवाह बढ्न थालेपछि किशोरीको स्वास्थ्यमा असर पर्न जान्छ तर समाज परिवारले बुज्दैन र सानै उमेरमा बिवाह गर्न बाध्य हुन्छ उनीहरु ।

यो प्रचलन अरु प्रदेश भन्दा सुदुरपश्चिम तिर अझै बढिरहेको छ । यसैबीच बाजुरामा बालविवाह गर्नेहरूको संख्या बर्सेनि बढ्न थालेपछि यसलाई रोक्न स्थानीय पुजारी र पुरोहितहरूले रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसरी पछिल्लो समय उनीहरु यसप्रति सक्रिय हुन थालेका छन् ।

बालविवाहका नकारात्मक परिणामबारे पुरोहित र स्थानीय पुजारीहरूलाई सम्झाइबुझाइ गरेपछि उनीहरूले यो कुप्रथा रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । बालविवाह बढी हुनेमा सुदूरपश्चिम नै अगाडि रहेको अगुवाहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्