संसद विघटनविरुद्ध अनेरास्ववियूले दिउँसै निकाल्यो लाल्टिन जुलुस

काठमाडौँ , पुस २२ । नेकपाको प्रचण्ड–नेपाल समूह समर्थक विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँमा दिउँसै लाल्टिन जुलुस निकालेको छ। संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको छहो ।

जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी छन् ।प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अनेरास्ववियूले दिउँसै लाल्टिन जुलुस निकालेर विरोध जनाएको हो

बुधबार माइतीघरबाट सुरु भएको लाल्टिन जुलुस नयाँ बानेश्वरसम्म पुगेको थियो। दिउँसै निकालिएको लाल्टिन जुलुसमा सहभागीहरुले निधारमा कालो पट्टी बाँधेका छन्।

प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमविरुद्ध घोषणा गरिएको दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार अनेरास्ववियूले लाल्टिन जुलुस निकालेको हो।लाल्टिन जुलुसमा  दिउँसै लाल्टिन बाल्दा पनि भेटिएन है !  संविधानमा संसद् विघटनको धारा खै ?  लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो ।

पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलनका कार्यक्रम सुरु गरेको अनेरास्ववियूले बुधबार उपत्यकामा लाल्टिन जुलुस निकालेको छ । उपत्यकाबाहिर भने बुधबार सिट्ठी जुलुस आयोजना गरिएको अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले बताए ।

अनेरास्ववियूले मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि बयलगाडा प्रदर्शन गरेर प्रधानमन्नीको पुत्ला जलाउनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्