नेपालद्वारा युएई ४ विकेटले पराजित, नेपालको विश्वकप छनौटको सम्भावना कायमै

काठमाडौं । नामिवियामा भइरहेको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत आजको तेस्रो खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालको समूहको शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट हुने सम्भावना यथापत रहेको छ । युएईले दिएको ११५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २८.५ ओभरमा पुरा गरेको छ ।
कप्तान पारस खड्काले नेपालका लागि उत्कृष्ट ब्याटिङ गर्दै ४२ बलमा ५१ रन बनाएर अर्धशतक पुरा गरे । उनी ५ छक्का र २ चौका प्रहार गर्दै ५१ रन बनाएर आउट भए । त्यस्तै, नेपालको जितमा आरिफ शेखले १६ रन रोहित कुमार पौडेलले १२ सोमपाल कामीले १० रनको को योगदान दिए ।
टस हारेर ब्याटिङ गरेको युएईले ३१ ओभरमा सबै विकेट गुमाउदै ११४ रन बनाएको थियो । खेल वर्षाको कारण ३४ ओभरमा छोट्याइएको थियो ।

युएईका शइमन अनवरले ३० रन एड्नान मुफ्तीलाई १८, घुलाम सब्बिरलाई १६, मोहम्मद बोतालाई १५ मोहम्मद नाभिदले १० रन बनाएका थिए ।

नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए । उनले ७ ओभरमा ३० रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै, सन्दीप लामिछानेले ३ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस्