खानेपानी मन्त्री थापाला जाजरकोटमा कालो झण्डा
काठमाडौं, पुस २२ । खानेपानी मन्त्री थापालाई जाजरकोटमा कालो झण्डा देखाएको छ । थापालाई प्रचण्ड–नेपाल पक्षको नेकपाका विद्यार्थीले कालो झण्डा देखाएका हुन् ।
ओली समूहको पार्टी प्रशीक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई आज (बुधबार) नेपालगञ्ज फर्कने क्रममा भेरी नगरपालिका–४ बोहरामा अनेरास्ववियुका युवाले कालो झण्डा देखाएका हुन् ।
प्रचण्ड–नेपाल समूह छोडेर ओली समूहमा गएर मन्त्री भएका थापालाई कालो झण्डा देखाएर सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको शुरू गरेको अखिलका विद्यार्थी नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल पक्षधर सडक संघर्षमा उत्रिएको छ ।
यसरी पछिल्लो समय नेकपा विभाजन भएपछि एकअर्कामा आरोप प्रत्यारोप लगाएरहेका छन भने हटाउने नियुक्ति गर्ने कार्य पनि हुँदै आएको छ ।















प्रतिक्रिया दिनुहोस्