निर्वाचन आयोगले सूर्य चिन्ह ओली समूहलाई नै दिन्छः ईश्वर पोखरेल
काठमाडौं, पुुस २२ । नेपमा विभाजित भएसँगै अब सुर्य चिन्ह कस्को भन्ने विषयले विवाद ल्याउन सक्ने भएको छ । ओली सुहले आफ्नो नै हुन्छ भन्दै आएको छ भने उता दाहाल नेपाल समुहले पनि आफ्नो भन्ने दाबि गर्दै आएको छ । अब कस्को हून्छ त्यो त समयले नै बताउला ।
यसैबीच उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले निर्वाचन आयोगले सूर्य चिन्ह ओली समूहलाई नै दिने बताएका छन् ।
सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा आज नेकपा ओली समूहका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुने । साथै उनले सरकारले निर्वाचनको मिति घोषणा गरिसकेकाले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको तयारी सरकारले गरी रहेको पनि जनाकारी गराए । नेता पोखरेलेले नेकपा आधिकारिक रुपमा विभाजन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक पार्टी भएको दावी गरे ।
उनले निर्वाचनले नै लोकतन्त्र बलियो हुने र मतदाताको अभिमतको सुनिश्चितता हुने भएकाले आजैबाट निर्वाचनको तयारी थाल्न पनि आग्रह गरे ।















प्रतिक्रिया दिनुहोस्