ईलाम अस्पताललाई प्रभु बैंकको आर्थिक सहयोग प्रदान

काठमाडौं,२१ पुस। प्रभु बैंकको ईलाम शाखा कार्यालयले जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रसोधन एरो प्लाण्ट जडान गर्नको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

प्रभु बैंकको ईलाम शाखा कार्यालयले  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

पुस १९ गते एक समारोहकाबीच प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप ५ पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष होम बहादुर बस्नेत,वडा नं. ७ का महिला सदस्य ईन्दिरा राई, समाजसेवी हिमाल कर्मचार्य र रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।

प्रभु बैंकको आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन् भन्ने बैंकले विश्वास लिएको बैंकले जनाएकोछ ।

प्रतिक्रिया दिनुहोस्