विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं पहिलो नम्बरमा

काठमाडौँ, पुस २१ । सोमबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायु प्रदूषण बढेको छ ।

काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै चिकत्सकले अनावश्यक घर बाहिर ननिस्किन सुझाव दिएका छन् ।

हिजो बिहानैदेखि काठमाडौंको आकास तुवाँलोले ढाकेको छ । वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न डाक्टरले सुझाव दिएका छन् । यसैबीच विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै परेको छ ।

अहिले सबैभन्दा बढी वायू प्रदूषण भएका विश्वका ५० शहरमध्ये काठमाडौँ सूचीको पहिलो नम्बरमा रहेको छ भने दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा पाकिस्तानको कराँची, , सातौंमा बंगलादेशको ढाका आठौँमा भारतको मुम्बई छ।

पश्चिमी वायूको प्रभावले काठमाडौँ उपत्यका कुहिरोले ढाकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।  यसरी मौसममा बदली हुँदा काठमाडौंमा वायु प्रदूषण पनि दोब्बरले बढेको छ । योक्रम बुधबारसम्म जारी रहने जल वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले जनाएको छ ।

यसैबीच काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको बताउँदै वातावरण विभागले घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । । साथै, बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटु सम्बन्धी रोगका बिरामीलाई सकेसम्म घरबाहिर ननिस्किन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्