अध्यक्ष नेपालको जसपा र कांग्रेसलाई आह्वान: ओली सच्चिँदैनन्, मिलेर आन्दोलन गर्न सडकमा आउनुहोस्
काठमाडौँ, पुस २१ । नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली सच्चिने व्यक्ति नभएकोले मिलेर आन्दोलन गर्न जसपा र कांग्रेसलाई आव्हान गरेका छन् ।
संसद् विघटन असंवैधानिक भएको भन्दै जसपाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो आह्वान गरेका हुन्।
उनले प्रधानमन्त्री ओलीले आवेगमा आए एकाएक संसद् विघटन गरेको आरोप पनि उनले लगाए । उनले प्रधानमन्त्री ओलीले देशको भाग्य र भविष्य खाडलमा पारेको भन्दै यो अधिनायकवादको विरुद्धमा मञ्चमा मात्रै होइन सडकमा पनि सँगसगै अगाडि बढ्न आग्रह गरे ।
सबै मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका उनले स्थायित्वका लागि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको उनले बताए । ’साथै उनले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गरेकाले ओलीलाई कारबाही गरिएको स्पष्ट पारे ।
उनले भने ‘उहाँलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ,’ उहहाँलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन। कतिदिन नेकपा रहने हो।’
पार्टीभित्र विवाद भएका भरमा संसद अन्त्य गर्न नमिल्ने बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेको उनको भनाइ रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्