सरकारको बचाउ गर्दै जनकपुरमा ओली पक्षको शक्ति प्रदर्शन
काठमाडौं, पुस २१ । काठमाडौं लगाएत अन्य ठाउँमा प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रर्दशन भइरहेकै बेला जनकपुरमा भने सरकारको बचाउ गर्दै प्रदर्शन भएको छ। प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले जनकपुरमा मंगलबार शक्ति प्रदर्शन गरेको हो।
ओली पक्षका नेताहरु उपप्रधानन्त्री इश्वर पोखरेलसहित नेताहरु रघुवीर महासेठ, प्रभु साह, जुली महतो लगायत प्रदर्शनमा सहभागी भएका थिए। जनकपुरको रेल्वे स्टेसनबाट जुलुस निकालेर नगरको विभिन्न भाग परिक्रमा गरिएको थियो।
प्रदर्शनपछि नेकपा ओली समूहको जिल्ला भेला नेकपाको प्रदेश २ पार्टी कार्यालयमै भइरहेको छ।
















प्रतिक्रिया दिनुहोस्