हुम्लामा भारी हिमपात, हिउँदे वर्षा सुरु 

काठमाडौं, २० पुस । हिमाली क्षेत्र हुम्लामा भारी हिमपात भएको छ । हिउँदे वर्षा हुने भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ ।
उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौं, पोखार लगायतका स्थानमा यात्रीह? हुम्लामै रोकिा छन् । तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न अर्को जहाजमा प्राविधिक टोली आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि उडान रोकिएको सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीले जानकारी दिए ।

पश्चिमी वायुको प्रभावसँग उच्च पहाडी र हिमाली जिल्लाह?मा हिमपात भइरहेको छ । हुम्ला सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख लगायतका स्थान हिउँले ढाकिएर सेताम्य भएका छन् । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित भए पनि हिउँले बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्