दाहाल-नेपाल समूहलाई ओलीको आग्रह : पार्टी बैठकमा आउनुस्, अपराध क्षमा गरिदिउँला
काठमाडौँ , पुस १९ । नेकपा (ओली पक्ष) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षहरू (दाहाल-नेपाल पक्ष-पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पार्टीका बैठकमा फर्किन आग्रह गरेका छन् ।
आफूनिकट विद्यार्थी संगठन अनेरास्ववियुको काठमाडौंमा भएको भेलामा ओलीले यस्तो आग्रह गरेका हुन् । पार्टीका बैठकमा फर्किए दाहाल-नेपाल पक्षले गरेका ‘अपराध’ क्षमा गरिदिने पनि उनले बताए ।
प्रतिनिधिसभा विघटनपछि फुटउन्मुख भएको बेलादेखि नै ओलीले दाहाल र नेपाललाई पार्टी बैठकमा फर्किन आग्रह गर्दै आएका छन् । यसअघि शनिबार काठमाडौंमा भएको बैठकमा पनि उनले दाहाल र नेपाल पक्ष पार्टीका बैठकमा फर्किए स्वागत गर्ने बताएका थिए ।
साथै ओलीले चुनाव चिह्न सूर्य आफू नेतृत्वको पार्टीलाई नै मिल्ने बताएका छन् । उनले अत्यधिक बहुमत आफ्नो पक्षमा रहेको भन्दै चुनाव चिह्न सूर्य आफ्नै पक्षमा रहेकोमा आशंका नगर्न कार्यकर्ताहरूलाई आग्रह पनि गरे ।















प्रतिक्रिया दिनुहोस्