विष्णु पौडेल भन्छन् -प्रचण्ड-नेपालले आन्दोलन छाडेर आए पार्टीमा स्वागत गर्छौ

काठमाडौं, पुस १९ । केपी ओली नेतृत्वको नेकपाका महासचिव विष्णु पौडेलले प्रचण्ड(नेपालले आन्दोलन छाडेर आए पार्टीमा स्वागत गर्ने बताएका छन् । उनले प्रचण्ड-नेपाल समूहले आन्दोलन छाडेर गल्ती स्वीकार गरेमा पार्टीमा स्वागत गर्ने बताए ।

बुटवलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी र मुलुकलाई अस्थीर बनाउनका लागि प्रचण्ड र माधव नेपालले आन्दोलन थालेको भन्दै सडक छाडेर पुनस् पार्टीमा फर्किए स्वागत गरेर नेता स्वीकार गर्ने उनको भनाइ रहेको थियो ।

उनले पार्टी एकताको सहमति विपरीत पार्टी अध्यक्ष र प्रधानमन्त्री पदमा लोभ गरेर मुलुक र पार्टीलाई नै सखाप पार्न खोजेपछि नयाँ जनादेशमा जाने निर्णय भएको टिपण्णी गरे ।

पदको लोभमा प्रचण्डले पार्टी एकताको सहमति विपरित सरकार र पार्टीलाई नै काम गर्न नदिने र आफुमात्रै नेतृत्वमा हुनुपर्ने विषयलाई प्राथमिकता दिएको उनले बताए।

पदीय लोभका कारण प्रचण्डले पार्टीका केही महत्वकांक्षा बोकेका नेताहरुलाई हातमा लिएर प्रधानमन्त्री विरुद्ध लागेको समेत नेता पौडेलले आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्