प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकः माधव नेपालको संयोजकत्वमा कार्यदल गठन, गर्यो यस्तो निर्णय
काठमाडौं, पुस १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा दुई समूह क्रियाशील छ। यतिबेला दुबै समुह छुटाछुटै बैठक पनि बसिरहेका छन् भने एकअर्का प्रति आरोप्रत्याप पनि लगाइरहेका छन् ।
यता प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने संघर्षका कार्यक्रम पनि घोषणा गरिसकेका छन्। यता प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक आज बसेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल समूहको आजको स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।बैठकले संसद् विघटनविरुद्ध शनिबार घोषणा गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अनुमोदन गरेको छ ।
उक्त कार्यदलले पार्टी भित्रका विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप काम गर्ने नेताहरूले बताएका छन् ।अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको स्थायी कमिटी सदस्य योगेश भट्टराई जानकारी दिए । साथै उनले बैठकका लागि आज एजेन्डा पनि तय भएको बताए । स्थायी कमिटी बैठक सोमबार १ बजे फेरि बस्ने उनले बताए।
बैठकमा आन्दोलनलाई थप व्यवस्थित बनाउने, प्रदेश सरकारहरूबारे र ओलीले पार्न सक्ने प्रभावलगायत एजेन्डामाथि सोमबारको स्थायी कमिटी बैठकमा छलफल हुने नेताहरूले बताएका छन्। अध्यक्ष नेपालको अध्यक्षतामा आज पेरिसडाँडामा स्थायी कमिटी बैठक बसेको थियो।















प्रतिक्रिया दिनुहोस्