विघटित संसद बौरिँदैन, ढुक्क हुनुहोस् वैशाखमा तोकिएको समयमा नै चुनाव हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं, पुस १९ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वैशाखमै चुनाव गर्ने दाबी गरेका छन् ।
बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा उनले तोकिएकै समयमा चुनाव गराएर छोड्ने दाबी गरेका हुन् ।
उनले भने,“चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । ढुक्क हुनुहोस् वैशाखमा तोकिएको समयमा नै चुनाव हुनेछ ।”
उनले बैशाख १७ र २७ गते चुनाव हुने र त्यसलाई कुनै शक्तिले पछि धकेल्न नसक्ने दावी गरे । सर्वोच्च अदालतमा धेरै निवेदन दिएको र त्यसको जवाफ दिएर आएको बताउँदै उनले विघटित संसद नबौरिँने र नयाँ चुनाव भएरै छोड्ने बताए ।
ओलीले पार्टीबिरुद्ध ३ सय १५ बैठक भएकोमध्ये २ सय ८० बैठक खुमलटारमा बसेको दावी गरे । उनले प्रचण्डले पार्टीविरुद्ध अगेनाको डिलमा समेत बैठक बसेको उल्लेख गरे । उनले पार्टीका नेताहरु कसरी सरकारलाई असफल पार्नका लागि मात्रै बैठक बस्ने गरेको दावी गरे ।
ओलीले बितेका ३ वर्षमा पार्टी गतिशील नभएको र अहिले आएर अनेरास्ववियु गतिशील भएको उल्लेख गरे । उनले आफ्नै पार्टीभित्रका नेताहरुले सरकारको काम गर्न नदिएको आज पनि दोहोर्याए।















प्रतिक्रिया दिनुहोस्