पेरिसडाँडामा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक जारी
काठमाडौं , पुस १९ । नेकपा प्रचण्ड- माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा केहीबेर अगाडि मात्रै बैठक सुरु भएको हो ।
यो समूहले संसद पुनर्स्थापना र नेकपाको वैधानिकताको लागि दबावमुलुक संघर्षको कार्यक्रम गरिरहेको छ । शनिबार मात्रै दोस्रो चरणको कार्यक्रम घोषणा गरेको यो समूहले संघर्षको थप रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको एक नेताले बताए ।
आजको स्थायी समिति बैठकमा संसद विघटनविरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् । त्यसपछि नेकपाको प्रचण्ड–माधव पक्ष उक्त असंवैधानिक कदमको विरोध गर्दै आन्दोलनमा छ ।
उसले शनिबार मात्रै एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संसद पुर्नस्थापना नभएसम्म आन्दोलन जारी राख्ने रणनीतिमा रहेको नेकपाको प्रचण्ड माधव पक्ष सातै प्रदेशमा आन्दोलनका कार्यक्रम शान्तिपूर्ण तर सशक्त बनाउने योजनामा छ ।
पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको यो समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।















प्रतिक्रिया दिनुहोस्