सङ्घीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्यो : पोखरेल

काठमाडौं, पुस १९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–(नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र सङ्घीयता समाप्त हुने अवस्थामा पुगेका आरोप समेत उनले लगाए ।संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उनको भनाइ थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध अहिले सहरदेखि गाउँसम्म आन्दोलन भइरहेको छ । विभिन्न राजनितिकलहरुले पर्दशन गरिरहेका छन् । आज पनि काठमाडौंमा विभिन्न राजनितिकदलहरुले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्