संसद विघटनविरुद्ध २३ दलीय मोर्चाको काठमाडौंमा प्रदर्शन
काठमाडौं , पुस १९ । सरकारले संसद विघटन गरेसँगै यति बेला देश आन्दोलनमय बनेको छ । संसद विघटन असंवैधानिक भएको भन्दै विभिन्न राजनीत दलहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरिरहेका छन् ।
आज पनि काठमाडौंमा विभिन्न राजनीत दलहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् ।मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)लगायत २३ दलीय मोर्चाको आयोजनामा प्रदर्शन गरिएको हो ।
मोर्चाले माइतीघरदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्दै नयाँ बानेश्वर पुगेका छन् । उनीहरुले संसद विघटनलाई ‘प्रतिगमन उन्मुख फासीवादी कदम’ पनि भनेको छ ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा नेकपा ओली समूहका कार्यकर्ताले काठमाडौँमा शक्ति प्रदर्शन गरेका छन्।आइतबार दिउँसो पार्टीको विद्यार्थी संघठन अनेरास्ववियूको आयोजनामा प्रदर्शन गरिएको हो।
बबरमहलको कार्की व्याङकेटमा कार्यकर्ता भेला सुरु हुनुअघि युवाहरुले मोटरसाइकल र्याली निकालेर शक्ति प्रदर्शन गरेका हुन्। उक्त भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
















प्रतिक्रिया दिनुहोस्