भारतले दियो यी दुई खोपलाई एकैपटक प्रयोगको अनुमति

काठमाडौं , पुस १९ । भारत सरकारले आइतबार एकसाथ कोरोनाविरुद्धका दुई खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ ।

स्वदेशी औषधि उत्पादक कम्पनी भारत बायेटेकको को-भ्याक्सिन र अक्सफोर्ड युनिभर्सिटीको उत्पादन अस्ट्राजेनिका खोपालई भारतको ड्रग रेगुलारिटी अथोरिटीले प्रयोगको अनुमति दिएको हो ।

भारतले यही वर्षभित्र ३० करोड जनतालाई कोरोनाविरुद्धको खोप दिने योजना बनाएको छ । यही योजनाअनुसार अस्ट्राजेनिकाले पाँच करोड डोज प्रतिमहिना खोप उत्पादन गरिरहेको बताइएको छ । पछिल्लो समय भारतमा कोरोनाका बिरामी पनि बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्