दाहाल–नेपाललाई ओलीको चुनौती– कम्तीमा दुई अंकको सिट जितेर देखाउनुस्
काठमाडौं , पुस १८ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दुई अंकको सिट ल्याएर देखाउन नेकपालाई चुनौती दिएका छन् ।शनिबार ओलीपक्षीय नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोनध गर्दै उनले दुई अंकको सिट जितेर देखाउन चुनौती दिएका हुन् ।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालतर्फ लक्षित गर्दै उनले वैशाख १७ र २७ गते कता बहुमत छ र कसले कसलाई पार्टीबाट निकालेको रहेछ हेरौँला भन्दै चुनौती दिए ।
उनले लोकतन्त्र खतरामा परेकाले संसद् विघटन गर्नुपरेको बताएका छन् । साथै ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने र देश चुनावमा गइसकेको दाबी गरेका छन् ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षतर्फ लक्षित गर्दै ओलीले कार्यकर्ता झुक्याउन पुनःस्थापनाको कुरा गरिएको दाबी गरे ।
अध्यक्ष ओलीले विभाजित भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ‘कुर्सी’ चाहिएको बताएका छन्। यससँगै उनले दुवै नेताप्रति व्यङ्ग्य गर्दै भने, “कुर्सी चाहिने भए, यता (आफूपक्षीय नेकपामा) आउनुपर्थ्यो! ”
काठमाडौँको प्रज्ञा भवनमा नेकपाको संस्थापन पक्षको भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो व्यङ्ग्य गरेका हुन्।















प्रतिक्रिया दिनुहोस्