जंगली महत्वाकांक्षाका कारण पार्टीमा दुर्भाग्य निम्तियो : नेता पोखरेल

काठमाडौँ, पुस १८ केपी ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले केही नेताहरुको जंगली महत्वाकांक्षाका कारण पार्टीमा दुर्भाग्य निम्तिएको बताएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहलाई लक्षित गर्दै नेता पोखरेलले यस्तो आरोप लगाएका हुन् । साथै संसद विघटन पनि नेपाल प्रचण्डका कारण नै निम्तिएको उनले बताए ।

दाहाल र नेपाल समूहमा देश बनाउने र संकट समाधान गर्नेबारे छलफल नभएर पावर सेयरिङुबारे छलफल हुने गरेको दावी गरे । साथै उक्त समूहले राष्ट्रिय महत्वका बारे छलफल गर्नुपर्नेमा कचिंगल मात्रै निकाल्ने गरेको उनले बताए ।

यस्तै प्रचण्ड माधव समूहले गम्भीर षड्यन्त्रको तानाबाना बुन्दै अविस्वासको प्रस्तावको तयारी गरेको पनि नेता पोखरेलले बताए । साथै विपक्षी समूहले एकताविरोधी हर्कत गरेको पनि उनको आरोप थियो ।

नेता पोखरेलले भनेका छन्, अहिलेको परिणाम आउनुमा अवसरवादको लागि लज्जावोध नगर्ने, जता पनि छलाङ गर्ने र जुनसुकै रुप लिन तयार हुने प्रचण्डको कारण यस्तो अवस्था आएको हो । र अर्को कारण भनेको कुण्ठाको भारी बोकेर हल न चल भएका कारण यस्तो दुर्भाग्यपूर्ण अवस्था आएको बताए ।

यस्तै पोखरेलले आफूहरुको लडाइँ पार्टीभित्र मात्रै नभएर बाहिरका कम्युनिस्ट विरोधीहरुविरुद्ध पनि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्