अब संसदको पुनः स्थापना हुदैन, राजनीतिक स्थायित्वका लागि जनतामा जाने निर्णय सही छ : गृहमन्त्री थापा
काठमाडौं, पुस १८ । ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं गृमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्वका लागि जनतामा जाने निर्णय सही भएको बताएका छन्।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित काठमाडौँ जिल्लाको बृहत् कार्यकर्ता भेलामा मन्त्री थापाले यस्तो बताएका हुन् । उनले संसदको पुनः स्थापना नहुने भन्दै नयाँ संसदको स्थापना हुने बताए।उनले नेकपाकालाई विभाजन गरेर नेपालमा राजनीतिक अस्थिरता फैलाउन प्रतिक्रियावादी सफल भएको बताए।
उनले प्रतिक्रान्तिको खतरा रोक्न र विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर जनतामा जाने निर्णय गरेको बताए।
नेता थापाले केन्द्रबाट कारबाही गरेर, पार्टीबाट निष्कासन गरेर कम्युनिस्ट आन्दोलनका अवसरवादी प्रवृत्तिलाई किनारा लगाउन नसकिने भन्दै त्यसका लागि पनि जनतामा जानुपर्ने बताए।
उनले प्रतिक्रान्ति र कूलाई रोक्नका लागि प्रधानमन्त्रीले जोखिम मोलेर राजनीतिक कदम उठाएको र अदालतले पनि त्यसलाई सदर गर्ने बताए।
उनले पछिल्लो पार्टीभित्रको अन्तर्संघर्ष राजनीतिक नभए पदीय भागबण्डा आधारित रहेको बताए । उनले प्रधानमन्त्रीको कदम संवैधानिक भन्दा पनि राजनीतिक भएको दावी गरे।















प्रतिक्रिया दिनुहोस्