ओली समूहले पनि आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता भेला’ गर्दै, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं, पुस १८ । नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले आज (शनिबार) काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेला भेला गर्दैछ । ।बृहत कार्यकर्ता भेला भनेर प्रचार गरिएको कार्यक्रम दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीम सुरु हुँदैछ ।

भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरु रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने तय भएको छ ।

यसअघि बुधबार पनि ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ताको भेला गरेको थियो।संसद् विघटनको निर्णय पछि नेकपा दुई समूहमा विभाजित भएपछि हरेक भेलामा प्रधानमन्त्री ओली स्वयम् उपस्थित हुँदै आएका छन् ।

उनले संसद विघटनलाई संवैधानिक भएको दाबी गर्दै आएका छन् । यता नेकपाको प्रचण्ड(नेपाल समूहले भने ओलीको कदमको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको छ । प्रचण्ड–नेपाल समूहले संसद विघटन प्रतिगामी कदम भएको भन्दै तत्काल पुनःस्थापनाको माग गरेको छ ।

ओलीले भने संसद पुनःस्थापना नहुने प्रष्ट पार्दै वैशाखका लागि तोकिएको मध्यावधि निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्