नेकपा विभाजन हुँदा मेरो मुटु फुटेको छ : दीनानाथ शर्मा
काठमाडौं , पुस १७ । राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विभाजित हुँदा आफ्नो मुटु फुटेका अनुभव गरेको बताएका छन् । शुक्रबार सुरु भएको राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताएका हुन् ।
शर्माले इतिहासमा नेपालका कम्युनिस्ट पार्टी फुटेको तर अहिले बढी पीडा भएको बताए ।
राष्ट्रियसभाको सातौं अधिवेशन शुक्रबारबाट प्रारम्भ गरेकोप्रति राष्ट्रियसभा सदस्य शर्माले सरकार र राष्ट्रपतिलाई धन्यवाद दिँदै यस्तो बताएका हुन् । प्रतिनिधिसभा नभएको अवस्थामा सातौं अधिवेशनको बैठक चल्दा यसको महत्व र गरिमा उच्च भएको उनले बताए ।
नेता शर्माले हिजोका दिनमा संसद र सदन चलाएको र अहिले त्यही रुपमा राष्ट्रियसभा संयमित रुपले अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले यसको गरिमा र मर्यादा राख्नेमा हिजोका दिनमा जस्तै योगदान र सहयोग हुने विश्वास समेत व्यक्त गरे ।















प्रतिक्रिया दिनुहोस्