नेपाल बङ्गलादेश बैंकले गर्यो दियो फ्रेन्डशिप फाउन्डेसनलाई ३ लाख सहयोग

काठमाडौं , पुस १७ । नेपाल बङ्गलादेश बैंकले फ्रेन्डशिप फाउन्डेसन नेपाललाई आर्थिक सहयोग गरेको छ ।बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ३ पानीपोखरी स्थित फ्रेन्डशिप फाउन्डेसन नेपाललाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

बैंकको प्रमुख कार्यालय कमलादी काठमाडौंमा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई रकम हस्तान्तरण गरेका छन् ।

सो रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी ९आत्रेय० सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग गर्ने जनाएको छ ।

गोरखा केराबारी १ मा निर्माण हुन गइरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थीलगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्