काठमाडौंमा राप्रपाको प्रदर्शन, कमल थापाले भने- राजसंस्था नहुँदा देश अभिभावक बिहीन भयो
काठमाडौं , पुस १७ । देशको राजनीतिमा संकट आएका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनाको माग गर्दै आएको छ । यसका लागि (राप्रपा) ले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितका माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट निकालिएको जुलुस प्रदर्शनीमार्गमा जम्मा भएर भद्रकाली, सहिदगेट, महाँकाल हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत भएको थियो ।
पार्टीले हिन्दुराष्ट्र र राजतन्त्रको पुनःस्थापनासहित भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्यालगायतका विषयको समाधान गर्न सरकारलाई दवाव दिन प्रदर्शन गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी गराए ।
विरोध जुलुसमा राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहित नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । यसअघि पनि राप्रपाले प्रर्दशन गरेको थियो ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । नभए उनले सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने चेतावी दिएका छन् ।
शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा अध्यक्ष थापाले यस्तो चेतावनी दिएका हुन् । हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापना अब राप्रपाको मात्र एजेण्डा नभएको उनले बताए ।पछिल्लो सयम हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दे आन्दोल भइरहेको छ ।
थापाले यदि हिन्दु राष्ट्र र राजसंस्थालाई पुनर्स्थापित गर्ने र संघीयतालाई पुनरावलोकन नगर्ने हो भने सडकबाटै आफ्ना मान्यता स्थपित गर्ने उनले बताए ।
संसद भंग भएपछि संवैधानिक जटिलता सिर्जना भएको भन्दै उनले राजनीतिक दलहरुले जिम्मेवारीपूर्वक काम नगर्ने हो भने परिस्थिति नियन्त्रण बाहिर जानसक्ने टिपण्णी समेत गरे ।
राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको थापाको भनाइ रहेको थियो ।















प्रतिक्रिया दिनुहोस्