राष्ट्रियसभाका एक सदस्य र ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि, बैठक ४ बजे नै सुरु हुने

काठमाडौँ, पुस १७ । संघीय संसदअन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आह्वान गरिएको राष्ट्रिय सभाको अधिवेशन संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न चार बजे बस्ने छ । यसैबीच संघीय संसदको राष्ट्रियसभाका एक सदस्य र ५ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स‌ंक्रमित सांसदको नाम भने गोप्य राखिएको छ । बाँकी सांसदलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको म्यासेज आएको छ ।

पहिले नै संक्रमणमा परेका संसद सचिवालयका कर्मचारीको पुनस् परीक्षण गर्दा कोरोना देखिएको र एक सांसद पनि अहिले अरुको सम्पर्कमा नरहेकाले बैठक तोकिएकै समय ४ बजे सञ्चालन हुनेछ ।

सचिवालयका अनुसार बिहीबार ९७ जनाको कोरोना परीक्षण गरिएको थियो। जसमा ४१ जना सांसदले पनि कोरोना परीक्षणका लागि स्वाब बुझाएका थिए।

प्रतिनिधिसभाको विघटन गत पुस ५ गते नै विघटन भइसकेको छ। प्रतिनिधिसभा विघटन भएपछि पहिलो पटक राष्ट्रियसभाको बैठक बस्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आजको लागि संसद् अधिवेशन बोलाएकी हुन्।

प्रतिक्रिया दिनुहोस्