सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको शाखा रहितबैंकिङ्ग सेवा इलामजिल्लाको चिसोपानी पञ्चमी बजार  र काठमाडौं जिल्लाको चोभारमा

काठमाडौं, पुस १७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

यसै क्रममा बैंकले इलाम जिल्लाको चिसोपानी, पञ्चमीबजार र काठमाडौं जिल्लाको चोभारमा यहि पौष १५ गतेबाट १०५ र १०६ ओैँ शाखारहित बैंकिङ्ग सेवाप्रारम्भ गरेको छ । उक्त स्थानहरुमा सेवा संचालनकालागिक्रमश स्थानीयव्यवसायी राममाया सम्बाम्फ्mे र सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधिनियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकमभुक्तानी, कोष स्थानान्तरण, मोबाइलफोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकमभुक्तानीलगायत बैंकले प्रदानगर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रतिउल्लेखियविश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । कोरोना भाइरस (COVID19) को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतमप्रविधिको अधिकतमप्रयोग गर्दै सावधानीपूर्वक आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको वित्तीयआवश्यकताहरु डिजिटली प्रदानगरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमाभएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकमझिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामागएर निवेदनदिने झन्झट बाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सके सम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहजहोस् भनी यस बैंकले विभिन्न योजनाहरु संचालनमाल्याएको छ । यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वितहुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्