वि .पी कोइरालाको मेलमिलाप नीति आज पनि उतिकै सान्दर्भिक

काठमाण्डौँ, पुष १७ । नेपाली कांग्रेस (वि .पी )ले बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । देशभर विभिन्न कार्यक्रम गरेर वि. पी कांग्रेसले ४५ औँ राष्ट्रिय मेलमिलाप दिवस मनाएको हो ।

नेपाली कांग्रेस काठमाण्डौँले पनि एक कार्यक्रम गरि दिवस मनाएको छ । लामो प्रवासपछि बिपी कोइराला, गणेशमान सिंह लगायत कांग्रेस नेता स्वदेश फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा कांग्रेसले मनाउँदै आएको छ । २०३३ पुस १६ गते तत्कालीन कांग्रेस सभापति कोइराला र नेता सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए ।

सोहि दिनको सम्झनामा कांग्रेसले हिजो देश भर उक्त दिवस मनाएको हो ।दिवसको अवसरमा वर्तमान राजनीतिक समस्या समाधान अभिमुखीकरणमा वि पी कोइरालाको मेलमिलाप नीति आज पनि उतिकै सान्दर्भिक  रहेको सरोकारवालाले बताएका छन् ।संघिय राजधानी काठमाण्डौँमा आयोजित राष्ट्रिय मेलमिलाप दिवस कार्यक्रमा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपाली काँग्रेस (वी.पी.) का सभापति हरिबोल भट्रराइले वी.पी. कोइरालाको नीतिमा अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।आफुहरुको दृष्ट्रिमा राष्ट्रियता, प्रजातन्त्र र बिकास उन्नति एक अर्कामा आधारित तत्व भएको उनले बताए ।

देशमा मडारिरहेको यस्तो असामान्य परिस्थितिमा राजनेता विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै राष्ट्रवादी शक्तिहरु, अभियान्ताहरु, प्रजातान्त्रिक समुहहरु, राष्ट्रवादी आन्दोलन संचालकहरु, दलहरु एक ठाउँमा आउनुको विकल्प छैन, नेतृत्वको होडवाजी र संकिर्ण सोचले कहि पुगीदैन उनले भने ‘।

मुलुक अहिले इतिहासकै कठिनमोडमा उभिएको बताउँदै उनले शिक्षा र स्वास्थ्यलाई व्यापारीकरण गरी निमुखा जनताको पहुच भन्दा टाढा पारिएको बताए । देशमा भ्रष्टाचार व्यापक रुपमा मौलाएको , देशको अर्थतन्त्र ध्वस्त पारि व्यापार घाटा चुलिएको , रोजगारीको शुन्यता महसुस हुन गएको, अपराध बढ्दो , सुरक्षा संयन्त्र अकर्मण्य रहेको उनको भनाइ रहेको थियो ।

दुई तिहाईको सरकार राष्ट्रिय मुद्दा त्यागेर, कोभिड-१९ जस्तो महामारीमा गैर-जिम्मेवार बन्दै आफ्नो आन्तरिक दलीय कलहमा लामो समय सम्म रुमल्लिएको उनले बताए ।अन्तत पांच वर्ष म्यान्डेट पाएर पनि राज्य संचालन गर्न असक्षम भएर प्रतिनिधिसभा विघटन गरि मध्याबती निर्वाचनको घोषणा गरिएको उनको भनाइ थियो । ।वर्तमान संविधानमा ब्यबस्था भएका महँगो संघीयता, गणतन्त्र, र धर्म निरपेक्षता नै मुल कारण रहेको उनले बताए ।

वी.पी. को आदर्श तथा सिद्दान्तको झण्डा बोकेका नेपाली काँग्रेस प्रमुख प्रतिपक्षले नेपाली जनताका बिश्वास भरोसाको बिरुद्दमा नेकपा सरकारको साक्षी किनारामा ल्याप्चे ठोक्ने काम बाहेक अरु केहि नगरेको उनको भनाई थियो ।

उनले भने -सरकारका हरेक भ्रष्टाचारमा, हरेक कुशाशनमा हिस्सेदार बन्दै आयो जसको उदाहरण बर्तमान संबैधानिक परिषद्को बैठक द्वारा भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्त लगायत १३ जनालाई संबैधानिक पदमा नियुक्ति नेपाली काँग्रेसको सिफारिसमा भएकोले प्रमाणित गर्दछ ।

आज नेपाली जनताको समर्थन लिई झण्डै दुई तिहाईको नेकपा सरकारका विभिन्न घटनाहरुले पुष्टि गरिसकेको छ कि २०७२ सालको लोक्त्रान्त्रिक, गणतन्त्र संविधान ५ वर्ष पुग्दा नपुग्दै असफल भै सकेको छ   देशको यस्तो विषम परिस्थितिमा वी.पी. कोइरालाको नीतिमा अघि बढ्नुको विकल्प नभएको जिकिर गरे ।

यस्तै  संघिय राजधानी काठमाण्डौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका नेता व्रिशचन्द्रलालले आज पनि वि .पी को सवैधानिक राजतन्त्रमा उतिकै योगदान रहेको चर्चा गरे । मेलमिलापले नै देशको वर्तमान राजनितिलाई सुधार्न सक्ने बताए ।

नेकपामा मात्र नभई सबै राजनितिक दलमा मेलमिलापको भावना विकाश गर्नुपर्नेमा जोड दिए ।जनतनाको समान अधिकारको लागि लड्नु भएको उनले बताए ।कार्यक्रममा नेपाली काँग्रेस (वी.पी) का महामन्त्री तथा पुर्वमन्त्री सुशिलनाथ शेचनले पनि वि पी को योगदान बारे चर्चा गरेका थिए ।

यसैगरि कार्यक्रममा वि पीका उपसाभापति झलकनाथ वाग्ले , जेष्ठनागरिक नेपाल अभियानका राष्टिय संयोजक डा. ठाकुरमोहन श्रेष्ठ , नारी समाजका अभियान्ता डा केबि रोकाया , पुर्वमन्त्री डम्मर श्रेष्ठ, मातृभुमि नेपालका अध्यक्ष बेदप्रकाश त्रिपाठी, प्रर्जापरिषदका नेता विनोद आर्चाय लगाएतकाले बोल्नु भएको थियो ।

७७ जिल्लामै विभिन्न कार्यक्रम गरेर दिवस मनाएको कांग्रेसले केन्द्रमा भने भर्चुअल कार्यक्रम राखेको थियो ।वीपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग गरेको छ । नेपालमा वीपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि सान्दर्भिक र अपरिहार्य छ ।

प्रतिक्रिया दिनुहोस्