सानिमा बैंकद्वारा ओम्नी च्यानलबाट डिजिटल बैंकिङको सुरुवात

काठमाडौं , पुस १६ । सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ । बैंकले ग्राहकहरुमा समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले पुस १६ गतेदेखि मोबाइल बैंकिङ्ग एप् (सानिमा सजिलो ई-बैंकिङ्ग) अपग्रेड गरेको हो ।

सानिमा बैंकको सम्पूर्ण डिजिटल बैकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप् वा वेब ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, टेबल र ल्यापटप कम्प्यूटरबाट पनि चलाउन सकिन्छ ।

नयाँ भर्सनको साथमा सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई(क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई-भौचरबाट जम्मा गर्ने, बैंकसंग मिटिङ्ग तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्नेछन्।

साथै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् । त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई-क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बैकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछको सुबिधा पाउन सक्नेछन् ।

हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको मोबाइल एप् स्वतः अद्यावधिक हुनेछ । स्वतः अद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अद्यावधिक गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्