अमेरिकामा पनि देखियो संक्रामक कोरोनाभाइरस
काठमाडौं, पुस १६ । बेलायतमा देखिएको अत्यन्तै संक्रामक किसिमको नयाँ रुपको कोरोनाभाइरसको संक्रमण अमेरिकाको कोलोराडो र क्यालिफोर्नियामा देखापरेको छ । यो घटनाले अमेरिकाका वैज्ञानिकहरुलाई चिन्तित तुल्याएको छ ।
यतिखेर संसारभरिमै कोरोनाभाइरसको सबैभन्दा ठूलो कहर अमेरिकाले भोगिरहेको छ । यो स्थितिमा साविकको कोरोनाभाइरसभन्दा ७० प्रतिशतसम्म बढी संक्रामक भाइरसको रुप देखापरेपछि अमेरिकामा महामारीले झनै खराब रुप लिन सक्ने चिन्ता पैदा भएको छ ।
अहिलेसम्म वैज्ञानिकहरुलाई उक्त भाइरस कति व्यापक रुपमा फैलिइसकेको छ भन्नेबारे खासै जानकारी हासिल गरिसकेका छैनन् । तर त्यस प्रश्नको जवाफले अस्पतालको उपचार, समुदायको लकडाउन, स्कुलहरु बन्द गर्ने लगायत थुप्रै कुराहरुलाई प्रभावित गर्ने निश्चित छ ।
यो संक्रामक प्रकृतिको भाइरसको संक्रमण देखापरेपछि अमेरिकामा अझ व्यापक मात्रामा र छिटो कोरोनाविरुद्धको खोप आम रुपमा दिइसक्नुपर्ने कुरामा वैज्ञानिकहरुले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्