भोलिबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन : पहिलो दिन सबै दलका नेताले सम्बोधन गर्ने

काठमाडौँ–, पुस १६ । भोलिबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु हुने भएको छ । अधिवेशको पहिलो दिन सबै दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

आज बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलिका लागि कार्यसूची तय गर्दै पहिलो दिनको बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताबाट सम्बोधन गर्ने निर्णय गरेको हो ।

भोलिको बैठकको शुरुमै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउनेसँगै मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रसमेत सभामा पेश हुनेछ ।

सभामा अध्यादेशहरु समेत टेवल हुने र विभिन्न समितिका प्रतिवेदन समेत पेश गर्ने कार्यसूची तय भएको छ । यसैबीच संसदको अधिवेशन बोलाउनैपर्ने संवैधानिक बाध्यताले राष्ट्रिय सभाका बैठकहरु औपचारिकतामा मात्रै सिमित हुने भएको छ । साथै धेरै लामो समम पनि सञ्चालन नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्