डब्लूएचओ प्रमुख भन्छन्- न्यून आय भएका सबै मुलुकमा खोप पुर्याउनेछौँ
काठमाडौं , पुस १६ ।विभिन्न देशले यति बेला कोरोना भाइरुसविरुद्धको खोप ल्याउने तयारीमा छन् भने कतिपयले ल्याइसकेका छन् । धेरै देशमा लगाउन पनि सुरु भइसकेको छ । यता नेपालमा भने कहिले आइपुग्छ थाहा छैन तर सरकारले तयारी भइरहेको बताउँदै आएको छ ।
यो भाइरस कति देशले पाउँछन् पाउँदैनन् होला पनि । यता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभ्याक्स कार्यक्रमअन्तर्गत् सबै न्यून आय भएका मुलुकहरुमा खोप पुर्याउने प्रतिबद्धता जनाएको छ ।
डब्लूएचओका महानिर्देशक डा। टेड्रोस अडानोम गेब्रियससले बुधबार नयाँ वर्षको भर्चुअल शुभकामना दिँदै कुनै पनि न्यून आय भएका मुलुकहरु खोप कार्यक्रमबाट वञ्चित हुन नपर्ने बताएका हुन् । त्यसका लागि डब्लूएचओले चार अर्ब अमेरिकी डलरको जोहो गरिरहेको उनले उल्लेख गरे ।
कोभ्याक्स कार्यक्रमअन्तर्गत् विश्व स्वास्थ्य संगठनले न्यून आय भएका देशहरुका लागि दुई अर्ब डोज खोप सहुलियतमा प्रदान गर्ने भएको छ ।
सन्देशमा डा। गेब्रियससले खोप आइनपुगुन्जेल स्वास्थ्य सतर्कता अपनाउन तथा स्वास्थ्य क्षेत्रमा लगानी बढाउन सबै मुलुकहरुलाई आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्