मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाइयो, नयाँमा नेता आचार्य चयन
काठमाडौं, पुस १६ । नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रदेश १ को नेकपा संसदीय दलको नेता चयन गरेको छ । बिहीबार प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईलाई हटाउँदै संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको हो ।
प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । राईलाई हटाएर उक्त समूहले आचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव लगेको थियो । आज बसेको संसदीय दलको बैठकले राईलाई दलको नेताबाट हटाएर आचार्यलाई चयन गरेको हो ।
दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाइएको पत्रमा ३६ जना सांसदले हस्ताक्षर छन्। सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाइएको जानकारी पत्र संसद् सचिवालय प्राप्त भएको बताए।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बुधबार बसेको बैठकले दलको नेताबाट राईलाई हटाएर बहुमत सदस्यले भीम आचार्यलाई दलको नेतामा चयन गरेको पत्र बिहीबार बिहान दर्ता भएको हो।
दलका उपनेता टंक आङ्बुहाङले प्रदेश १ प्रदेशसभा सचिवालयमा दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको जानकारी गराएका हुन् । पत्रमा ३६ जनाको हस्ताक्षर छ।















प्रतिक्रिया दिनुहोस्