बिरामी पत्नी सीतालाई भेट्न अस्पताल पुगे प्रचण्ड
काठमाडौं , पुस १५ । नेपालको राजनीतिमा उथलपुथल आइरहेकै बेला नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डकी पत्नी सिता दहाल अस्पताल भर्ना भएकी छन् । उलाई भेट्न प्रचण्ड भैंसेपाटीस्थित मेडसिटी अस्पताल पुगेका छन् ।
आकस्मिक रुपमा बिरामी परेपछि मेडीसिटी अस्पताल भर्ना भएकी सीता दाहाललाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन् ।बुधबार स्वास्थ्यमा थप समस्या भएपछि उपचारका लागि उनलाई अस्पताल लगिएको थियो ।
लामो समयदेखि प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) रोगको उपचार गराइरहेकी उनलाई चिकित्सकहरुले आकस्मिक कक्षमा राखेर उपचार गराइरहेका छन् । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।
यसअघि उनको सिंगापुरको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा समेत उपचार भइसकेको छ । बेला बेला प्रचण्डकी पत्नी बिरामी परिरहन्छीन् ।
प्रतिक्रिया दिनुहोस्