पूर्व शिक्षामन्त्री जोशीलाई कोरोना सङ्क्रमण, हेम्स अस्पताल भर्ना
काठमाडौँ, पुस १५ । नेपाली कांग्रेसेका पूर्व सह-महामन्त्री तथा पूर्वशिक्षामन्त्री गोविन्द राज जोशी अस्पताल भर्ना भएका छन् । उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सङ्क्रमणको कारण अप्ठेरो भएपछि उपचारको लागि उनलाई अहिले काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। नेपाल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसबारे ट्वीटरमा लेखेका छन्।
“मेरा सहयात्री, नेपाली कांग्रेसका पूर्वसह-हामन्त्री एवं पूर्वमन्त्री गोविन्द राज जोशीको कोभिड–१९ को सङ्क्रमणको कारण अस्वस्थ भई ह्याम्स अस्पताल काठमाडौँमा उपचारत हुनुहुन्छ,” पौडेलले ट्वीटरमा लेखेको छन्।
साथै पौडेलले उनको शीघ्र स्वास्थ लाभको कामना पनि गरेका छन्।
नेपाली कांग्रेसले केही महिनाअघि जोशीलाई निर्वाचनमा पार्टीको उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीको साधारण सदस्यबाट समेत निस्कान गरेको थियो।















प्रतिक्रिया दिनुहोस्