उद्योगमन्त्री भट्ट भन्छन्- प्रचण्डले जहिल्यै महाविपत्ति ल्याउनुहुन्छ

काठमाडौं , पुस १५ । उद्योगमन्त्री लेखराज भट्टलेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहिले पनि मुलुकमा महाविपत्ति ल्याउँदै आएको बताएका छन् ।

केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलामा मन्त्री भट्टले यस्तो बताएका हुन् ।

उनले भने, “उहाँले जहिल्यै महाविपत्ति ल्याउनुहुन्छ । उहाँमा वैचारिक विचलन आएको छ । पार्टी केका लागि जुट्यो रु फुट्यो रु ।”

उनले प्रचण्डले केटाकेटीपन देखाएको समेत आरोप लगाए । केपी ओली समूहले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेला जारी नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्