नौमती बाजा बजाएर विरोध प्रदर्शन
काठमाडौं, पुस १५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरेको भन्दै यति बेला देशमा आन्दोल थालीएको छ ।
गाउँदेखि शहरसम्म अहिले आन्दोल नै आन्दोलन थालीएको छ । शिर्षनेतादेखि विभिन्न दलका नेताहरु सडकमा आएका छन् । यसैबीच बृहत नागरिक आन्दोलनले आज माइतीघर मण्डलामा नौमती बाजा बजाएर विरोध प्रदर्शन गरेको छ ।
संसद पुनर्स्थापनाको माग राखेर बुधबार महिला नौमती बाजा समूहले नौमती बाजा घन्काएका हुन ।
संसद पुनर्स्थापनाको भएर जनताको सार्वभौम अधिकार जनतामै नफर्किएसम्म आन्दोलन गर्ने घोषणा गरेको बृहत नागरिक आन्दोलनले शंख एपिसोड र डम्फु एपिसोड सहित विरोध प्रदर्शन गरिसकेको छ ।
नागरिक आन्दोलनले १७ पुसमा च्याब्रुङ एपिसोड र १८ पुसमा सडक नाटकसहित सभा गर्ने भएको छ । कार्यक्रममा नागरिक समाज, बुद्धिजिवी, विभिन्न पेशा व्यावसायी तथा आमनागरिकको सहभागिता थियो ।















प्रतिक्रिया दिनुहोस्