स्वास्थ्य सुरक्षा अपनाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको अपिल

काठमाडौं, पुस १५ । पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने भएको छ । यसका लागि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको अधिवेशनमा उपस्थित हुने राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाउन अपिल गरेका छन् ।

बुधबार अध्यक्ष तिमिल्सिनाले पुस १७ गते राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठक बस्ने र त्यसको निम्ति बिहीबार राष्ट्रिय सभा सदस्यको कोभिड १९ परीक्षणको व्यवस्था गरिएको जानकारी दिए ।

र्बैठक अवधिभर राष्ट्रिय सभा सदस्यहरुलाई स्वास्थ्य सर्तकता अपनाउन उनले आग्रह गरे । १७ गतेको बैठकको निम्ति संघीय संसद सचिवालयले स्वास्थ्य मापदण्ड पुरा गरी आवश्यक तयारी गरेको पनि अध्यक्ष तिमिल्सिनाले जानकारी गराए ।

संसदभित्रको तयारीले मात्रै कोभिड संक्रमण रोक्न पर्याप्त नहुने भन्दै उनले सम्पूर्ण राष्ट्रिय सभा सदस्यहरुलाई बैठक अवधिभर बाहिरी गतिविधिमा जाँदा सावधानि अपनाउन आग्रह गरेका हुन् ।

साथै अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभा सदस्य बाहेक बैठक स्थलमा प्रवेश गर्ने सुरक्षाकर्मी, पत्रकार, कर्मचारी लगायत सबैलाई पनि सर्तकता अपनाउन अनुरोध गरेका छन् ।

ष्ट्रिय सभा अधिवेशन पौष १७ गते अपरान्ह ४ बजेको निम्ति आव्हान भएको छ । प्रतिनिधि सभा विघटनपछि पहिलोपल्ट बस्न लागको राष्ट्रिय सभाको यस अधिवेशनलाई राजनीतिक वृत्त तथा आम नागरिक तहमा निकै चासो साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्