सिंगापुरमा पनि थालियो कोरोनाविरुद्धको खोप लगाउन

काठमाडौं, पुस १५ । सिंगापुरमा कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु भएको छ ।बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड-१९ का विरुद्धको खोप लगाउन थालिएको हो ।

यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी गराइएको छ ।सिंगापुरको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ । सोही किसीमले तयारी भएको सिंगापुरको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उक्त एनआइडिसीका कम्तीमा पनि ३० जना कर्मचारीका साथै अरु अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मीहरु र उक्त केन्द्रका प्रशासनका कर्मचारीहरुलाई पहिलो चरण्मा खोप लगाइने छ ।

त्यसपछि अरु स्वास्थ्यकर्मी तथा महामारी नियन्त्रणका लागि पहिलो पंक्तिमा नै खट्नुपर्ने अवस्थाका अरु कर्मचारीलाई आगामी वर्ष अर्थात् सन् २०२१ को जनवरीमा नै लगाइने बताइएको छ ।

त्यसैगरी आगामी फेब्रुअरीबाट यहाँका कम्तीमा पनि ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाइ यो खोप दिइने जानकारी दिइएको छ । पछिल्लो समय विभिन्न देशहरुमा खोप लगाउन थालीएको छ । कोरोनाले आक्रान्त बनेको विश्वलाई खोपले केहि आशा भने जगाएको छ ।

प्रतिक्रिया दिनुहोस्