वैशाखमा चुनाव हुँदैन, ओली सरकार पनि रहँदैन : नेता पुन

काठमाडौं , पुस १५ । प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव हुने घोषणा गरिहदा यता नेकपाका शिर्षनेताहरु भने चुनाव कुनै पनि हालतमा नहुने दाबि गर्दै आएका छन् । हिजो मात्रै मंगलबार अध्यक्ष दाहालले विरोधसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली सरकार वैशाखपछि नरहने बताएका थिए।

ुओली कसैको गोटी भएका हुन्। वैशाखपछि उनी पत्ता साफ हुन्छ। उनले आफैँ श्री ३ महाराज हुन्छु भन्नु कहाँसम्मको कुरा होु उनले भनेका थिए पार्टी फुटिहाल्यो अब लोकतन्त्रमाथि भएको यत्रो घात भयो। संविधान धरापमा जान्छ। वैशाखमा चुनाव हुँदैन।

आज नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य तथा पूर्व-ऊर्जामन्त्री वर्षमान पुनले पनि वैशाखमा चुनाव नहुने दाबी गरेको छन्। उनले गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटको क्रममा यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर वैशाखमा निर्वाचन तोके पनि चुनाव नहुने दाबी गरेका हुन्। उनले वैशाखपछि ओली सरकार पनि नरहने दाबी गरे । वैशाखमा निर्वाचन हुँदैन। उहाँ प्रधानमन्त्री रहिरहनु हुँदैनु उनले भने। उनले ओलीको राजनीतिक जीवन नै धरापमा परेको तर्क गरे। यसरी ओली विरुद्ध नेताहरु सडकमा आएका छने भने उनीहरु विरुद्ध निकै आक्रोश भएका छन् ।

प्रतिक्रिया दिनुहोस्