लक्ष्मी बैंकले आयोजना गर्यो मोबाइल मनी भिडियो प्रतियोगिता, विजेतालाई ५० हजार

काठमाडौं , पुस १४ । लक्ष्मी बैंकले ‘माइ मोबाइल मनी’ भिडियो प्रतियोगिता आयोजना गरेको छ। बैंकले डिजिटल बैंकिङको विशेषता र फाइदाबारे जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताएको छ ।

यस प्रतियोगितामा सहभागीले लक्ष्मी बैंकको मोबाइल बैकिङ सेवासम्बन्धी भिडियो तयार पार्नुपर्नेछ। सो भिडियोको सृजनात्मकता र सान्दर्भिकताको आधारमा विजेता घोषणा गरिने छ ।

यसअन्तर्गत विभिन्न ५ क्याटेगोरीमा भिडियो बनाउन सकिन्छ । बैंकले प्रत्येक क्याटेगोरीका विजेतालाई जनही ५० हजार गरी कुल दुई लाख ५० हजार पुरस्कार प्रदान गर्नेछ । यो सुनौलो अवसर नगुमाऔं है ।

प्रतियोगिताको नियम बैंकको वेवसाइटमा राखिएको छ। उक्त अभियान एक महिनासम्म चल्ने बैंकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्