सम्झनामा राजा वीरेन्द्र, जन्म जयन्तीमा सालिकमा माल्यार्पण
काठमाडौं, पुस १४ । दरबार हत्याकाण्डमा मारिएका राजा वीरेन्द्रको जन्म जयन्ती मनाएको छ । २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा राजा वीरेन्द्र मारिएका थिए ।
राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति समेतले ज्यान गुमाएका थिए । यसैबीच राजा वीरेन्द्रको जन्म जयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम गरिएको छ।
२००२ साल पुस १४ गते जन्मेका राजा वीरेन्द्रको जन्म जयन्तीका अवसरमा ललितपुरको जावलाखेलस्थित उनको सालिकमा आज माल्यार्पण गरिएको छ। माल्यार्पण कार्यक्रममा विभिन्न उमेर समूहका मानिसहरूको सहभागी रहेको थियो ।
राजा मरेर गएपनि आमजनताको मनमुटुमा बसेका छन् । अहिले देशमा आन्दोलन चर्कीरहेको छ । यहि बेला नेपाली जनताले राजा आउँ देश बचाउँ भन्ने नारा पनि लगाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्