थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ८ नाको मृत्यु
काठमाडौँ , पुस १४ । नेपालमा आज थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन् ।मन्त्रालयका अनुसार हालसम्म १९ लाख २१ हजार ३६७ पीसीआर परीक्षण भएका छन् ।
त्यसैगरी २४ घण्टामा ७३१ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ८४० रहेको छ ।















प्रतिक्रिया दिनुहोस्