हामीले ओलीलाई बुझ्न सकेनौं , संविधानमाथि प्रहार कसैले गर्न सकेको थिएन , यस्तो गर्लान् भन्ने सपनामा पनि सोचेका थिएनौँ ’:  प्रचण्ड

काठमाडौं, पुस १४ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली लोकतन्त्रविरोधी र तानाशाह भएको बताएका छन् ।

पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘उहाँ बयलगाडामै हुनुहुन्छ, धर्मनिरपेक्ष, संघीयताविरोधी प्रतिगमनकारी ठाउँमै हुनुहुन्छ, हामीले सच्चिनुभयो होला भन्ने ठान्यौँ, तर अहिले अपिल गर्दै गर्दा कहीँ न कहीँ मलाई थोरै अप्ठ्यारो महसुस भएको छ, हामीले ओलीलाई बुझ्न सकिएनछ । यति निर्मम तरिकाले संविधानमाथि प्रहार कसैले गर्न सकेको थिएन । हामीले बनाएको प्रधानमन्त्रीले गर्लान् भन्ने सपनामा पनि सोचेका थिएनौँ ।’

उनले अगाडि थपे, ‘ओली विधि–विधानप्रति, कम्युनिस्ट आचारणप्रति स्खलित भइसकेको, मोहभंग भइसकेको पात्र हुनुहुँदो रहेछ । उहाँले भनेको लोकतन्त्र कति निरंकुश रहेछ भन्ने विघटनबाट देखियो । उहाँ लोकतन्त्रवादी होइन, निरंकुश तानाशाह हो जसले देशलाई भड्खालोमा हाल्दै छ भन्ने प्रमाणित भएको छ ।’ साथै अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको क्रुर प्रहारविरुद्ध आफूहरुले आन्दोलन गर्नुपरेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री केपी ओलीले संविधान र गणतन्त्रमाथि प्रहार गरेको बताएका हुन् । साथै उनले ओली प्रवृत्ति बेलैमा बुझ्न नसकेको भन्दै क्षमा याचना गरेका छन् । यता सभामा अध्यक्ष दाहालले सबिधानले प्रतिनिधिशभा बिघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको स्पष्ट पार्दै सदन भित्रबाट प्रधानमन्त्री बन्ने अबस्था रहदा रहदै ओलीले संसद बिघटन गरेको आरोप लगाउनु भयो ।

संबिधानको मर्म र भाबना बिपरित ओलीले निर्णय गरेको आरोप लगाउदै उहाले भन्नुभयो ओलीले कलंकको टिका लगाउनु भयो, संसद भंग भएको छैन ओली सरकार भंग भएको हो ।

प्रतिक्रिया दिनुहोस्