ओलीले तीन वर्ष गफैगफ गरेर मात्रै बिताए, खोई पानीजाहाज ? खोई घर-घरमा ग्यास चुलो ?
काठमाडौं , पुस १४ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले तीन वर्षमा गफ मात्रै गरेर बिताएको बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा भएको सभालाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले भने, “ओलीले तीन वर्ष गफ गरेरै बिताए । खोई पानीजाहाज ? खोई घर-घरमा ग्यास चुलो ? उनले आफ्नै घरमा चुलो लगे होलान् ।”
नेता झलनाथ खनालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान र विश्वासघात गरेको आरोप लगाएका छन् ।















प्रतिक्रिया दिनुहोस्