नेता भट्टराई भन्छन् – प्रतिनिधिसभाको बैठक आह्वान नगरेसम्म सडक छाड्दैनौं

काठमाडौं , पुस १४ । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले देशभर प्रदर्शन गर्दैछ। काठमाडौको सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधकुमार नेपालका साथै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरिहेका छन् ।

यसैबीच नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभाको बैठक आह्वान नगरेसम्म सडक नछाड्ने दाबि गरेकाछन् । मंगलबार काठमाडौंमा भएको प्रदर्शनमा बोल्ने क्रममा पूर्वमन्त्री भट्टराईले यस्तो दाबि गरेका हुन् । उनले भने, ‘जुन दिनसम्म प्रतिगमन सच्चिँदैन, संविधान सही ठाउँमा आउँदैन, प्रतिनिधिसभाको बैठक आह्वान गरिँदैन, तबसम्म हामी सडक छाड्दैनौं ।’

सभा सञ्चालन गरिरहेका नेता भट्टराईले यो कार्यक्रम आफूहरु सडकमा आएको जनाउ दिन मात्र भएको बताए । उनले संसद् कुनैपनि हातमा पुनस्थापना गरिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्