भारतले गर्यो प्याजमा लगाएको प्रतिबन्ध फुकुवा
काठमाडौं, पुस १४ । भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अंग्रेजी नयाँ वर्ष (जनवरी १, २०२१) बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा प्रतिबन्ध लगाएको थियो । लगाएको प्रतिबन्ध हटाउने निर्णय संगै अब भने फुकुवा हुने भएको हो ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले सोमबारदेखि यसअघिको नीतिमा संशोधन गर्दै १ जनवरीदेखि निर्यात खुला गर्ने निर्णय गरेको हो ।
मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयद्वारा जारी परिपत्रमा १ जनवरी २०२० (शुक्रबार) देखि लागू सबै जातका प्याजको निर्यात खुला गरिएको जनाएको छ ।
आन्तरिक उत्पादन कम भएपछि भारतले गत २९ भदौ (१४ सेप्टेम्बर) बाट प्याजको विदेश निर्यातमा रोक लगाएको थियो ।
यसरी भारतले प्याजमा प्रतिबन्ध लगाउँदा नेपालमा भने प्याजको मुल्य निकै आकासिएको थियो । जुन नेपालीलाई प्याज किन्ने गारो भएको थियो ।
प्रतिक्रिया दिनुहोस्